जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविर सुरु,आज ३५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविर सुरु,आज ३५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । आज शिविरमा ३५८ जनाले सेवा लिएका छन । दन्त परीक्षण तथा उपचारमा २३० जना र हार्डजोर्नीमा १२८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो ।

४ दिनसम्म सन्चालन हुने शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन । शिविरमा निशुल्क दाँत भर्ने,निशुल्क दाँत फुकाल्ने,दाँत तथा मुख सम्बन्धी सम्पुर्ण समस्याहरुको चेकजाँच तथा उपचार,दुखाई निवारण विशेषज्ञद्धारा कुम,कम्मर र घुँडाको जोर्नीका समस्याका कारण हुने दीर्घकालिन दुखाईको अत्याधुनिक तरिकाले उपचार गरिने नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँका अध्यक्ष मेन्दो तामाङले बताउनुभयो । शिविर जिल्ला अस्पताल प्राङगणमा बिहान ९ बजेदेखी दिनको ५ बजेसम्म सन्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार