जिल्ला अस्पताल रामेछापमा सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ शल्यक्रिया

यो अबद्यिमा ९ वटा समान्य र ५ वटा शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ ।

जिल्ला अस्पताल रामेछापमा सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ शल्यक्रिया

यो अबद्यिमा ९ वटा समान्य र ५ वटा शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ ।

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको शनिबार १२ औँ दिन पुगेको छ । सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।

जिल्ला अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ । आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको १२ औँ दिनमा १४ वटा प्रसुति गराइएको जिल्ला अस्पतालका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यो अबद्यिमा ९ वटा समान्य र ५ वटा शल्यक्रिया विधिबाट प्रसुति गराइएको उहाँको भनाई छ ।

शल्यक्रिया गरिएको सबै सुत्केरी आमा र बच्चाको अवस्था राम्रो रहेको उहाँले बताउनुभयो । अस्पतालका डा. मनोज कुमार यादव,एनेस्थेसिया असिष्टेन्ट सन्दिप कुमार यादव,नर्सहरु सहितको टिमले सफल शल्यक्रिया गर्दै आएको छ । हाल जिल्ला अस्पतालमा शल्यक्रिया सेवा संचालन गर्न रामेछाप नगरपालिकाले जनशक्ति व्यवस्थापनमा सहयोग गरेको छ ।

जिल्लामा अस्पतालमै आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएपछि काठमाडौं जानु पर्ने बाध्यता पनि हटेको छ । जिल्लामै शल्यक्रिया सहितको सेवा पाउँदा नागरीक पनि खुशी भएका छन । अहिले जिल्ला अस्पतालमा विभिन्न सेवा सुविधाहरु थप भएसँगै सेवाग्राहीहरुको चाप पनि बढेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार