जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको छ । सोमबार (आज) ओखलढुंगाको लिखु गाउँपालिका वडा नं १ गैरीगाउँकी २० वर्षिया गर्भवती रिता कार्कीको सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ । अस्पतालका डा. मनोज कुमार यादव,डा सरिता ढकाल,एनेस्थेसिया असिष्टेन्ट सन्दिप कुमार यादव,नर्सहरु बन्दना कुमारी ठाकुर,अस्मिता कार्की सहितको टिमले कार्कीको सफल शल्यक्रिया सम्पन्न गरेको जिल्ला अस्पतालका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले ईरामेछापलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल आमा र बच्चाको अवस्था राम्रो छ । जिल्ला अस्पताल रामेछापको इतिहासमा यो नै पहिलो आकस्मिक प्रसुतिजन्य शल्यक्रिया रहेको उहाँले बताउनुभयो । हाल जिल्ला अस्पतालमा शल्यक्रिया सेवा संचालन गर्न रामेछाप नगरपालिकाले जनशक्ति व्यवस्थापनमा सहयोग गरेको छ। अब आकस्मिक प्रसुतिजन्य शल्यक्रियाको लागी काठमाडौं जानु पर्ने बाध्यता हटेको छ । आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवाको लागी अस्पताल संचालन तथा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष  रोशन पाख्रिन र अस्पतालका नि.मे.सु. डा. पवन शाक्यले पहल गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार