जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा ४ दिनसम्म सन्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले सेवा लिएका छन । यहि फाल्गुन २३ गतेदेखी २६ गतेसम्म चलेको शिविरमा १ हजार ४८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो ।

शिविरमा ६२५ जनाले दन्त सेवा,२७४ जनाले फिजियोथेरापी र १४९ जनाले दुखाई व्यवस्थाप गरी जम्मा १ हजार ४८ जनाले सेवा लिएका छन । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन भएको थियो ।

शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरमा निशुल्क दाँत भर्ने,निशुल्क दाँत फुकाल्ने,दाँत तथा मुख सम्बन्धी सम्पुर्ण समस्याहरुको चेकजाँच तथा उपचार,दुखाई निवारण विशेषज्ञद्धारा कुम,कम्मर र घुँडाको जोर्नीका समस्याका कारण हुने दीर्घकालिन दुखाईको अत्याधुनिक तरिकाले उपचार गरिएको नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँका अध्यक्ष मेन्दो तामाङले बताउनुभयो ।

निशुल्क स्वास्थ्य शिविरमा रामेछाप,दोलखा र सिन्धुलीका विरामीहरुले सेवा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार