रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । यहि चैत २५ गतेबाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियान अन्तगर्त जिल्लाभरका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

३६ हजार सय ३० जना विद्यालयका बालबालिका र विद्यालय बाहिरका ८ हजार ८७ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउनका लागि सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।

जिल्लामा २९० वटा खोप केन्द्र तोकिएको छ । खोप अभियान सञ्चालन गर्नका लागी स्वास्थ्यकर्मी,स्वयंसेवक, शिक्षक,सुपरिवेक्षक र जिल्ला सुपरभाइजरलाई खटाइने स्वास्थ्य प्रमुख शाहले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार