जिल्ला अस्पतालमा संचालन भएको स्वास्थ्य शिविरमा १ सय ३० जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा शनिबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किष्ट मेडिकल कलेज काठमाण्डौँको प्राविधिक सहयोगमा उक्त अस्पतालका बरिष्ठ चिकित्सकहरुले शिविरमा सेवा दिएका हुन । शिविरमा १ सय ३० जनाले सेवा लिएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु कार्कीले जानकारी दिनुभयो । शिविरमा जनरल फिजिसियन तथा पेट सम्बन्धि रोगहरु,दिर्घ रोगीहरु,स्त्रीरोगको परिक्षण तथा उपचार र […]

जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा उत्कृष्ट,अस्पतालले पायो ८४ प्रतिशत

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछापले ८४ प्रतिशत अंक पाएको छ । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड (minimum service standard ) मा ८४ प्रतिशत अंक पाएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ८४ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । एक वर्ष अघिको मापन […]

अब जिल्ला अस्पताल रामेछापमै डायलासिस सेवा सुरु हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरु हुने भएको छ । मिर्गौला बिरामीहरूका लागि जिल्ला अस्पतालमै उपकरण राखेर डायलासिस सेवा सुरु गर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो । नियमित डायलासिस सेवाका लागी अस्पतालले यसअघि नै अस्पतालमै ब्लड बैँकको स्थापना गरिसकेको छ । १५ शैयाको स्वीकृति रहेको जिल्ला […]

रामेछाप रामपुरमा बिहेमा भोज खाएका ३० जना बिरामी,१४ जना अस्पताल भर्ना

रामेछापमा विवाहको भोज खाएका एकै गाउँका ३० जना बिरामी परेका छन् । रामेछाप नगरपालिका–५ रामपुर साईटारका ३० जना बिरामी परेका हुन् । यहि मंसिर २५ गते रामपुर साईटारमा बिहेको भोज खाएकाहरु बिरामी पर्न थालेको त्यहाँका स्थानिय कनक मगरले बताउनुभयो । जिल्ला अस्पतालमा १४ जनालाई ल्याएर भर्ना गरिएको छ । उक्त गाउँका ३० जना बढी बिरामी […]

रामेछापमा २ सय ३४ जनामा डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाए

रामेछापमा २ सय ३४ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाएका छन । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार साउनको दोस्रो सातादेखि हालसम्म रामेछामपा डेङ्गुबाट सङ्क्रमितको संख्या २ सय ३४ पुगेको हो । अहिलेसम्म ३ जनाले ज्यान गुमाएका हुन । बागमती प्रदेशमा ४२ हजार जनामा डेङ्गु पुष्टि बागमती प्रदेशमा हालसम्म डेङ्गु […]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप बाग्मती प्रदेशमै दोश्रो हुन सफल

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप बाग्मती प्रदेशमै दोश्रो हुन सफल भएको छ । सो कुरा जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । आर्थिक वर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेको विभिन्न आयुर्वेद स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बाग्मती प्रदेश अन्तर्गतका जिल्ला आयुर्वेद […]

रामेछाप नगरपालिका–८ मा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

रामेछापको रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । वडाको सल्लेमा आज एक कार्यक्रमको आयोजना गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी थापा कार्कीले सल्लेका स्थानियलाई बिमा पत्र प्रदान गर्नुभयो । उपचार खर्चको अभावमा वडाका कुनै पनि नागरीकले ज्यान गुमाउन […]

अब जिल्ला अस्पताल रामेछापमै ब्लड बैँक,रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना भएको छ । संंविधान दिवसको अवसर पारेर आज जिल्ला अस्पतालमै रामेछाप नगरपालिकाको सहयोगमा ब्लड बैँकको स्थापना गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले ब्लड बैँकको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आफुहरुले जिल्ला […]

जिल्ला अस्पताल रामेछापमा ब्लड बैँक स्थापना हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको जिल्ला अस्पताल रामेछापका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो । यहि असोज ३ गते संंविधान दिवसको अवसरमा ब्लड बैंक को स्थापना […]

रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । वडामा रहेका सबै घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने तयारी अन्तिम चारणमा पुगेको वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो । निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यहि असोज महिना भित्रमा सुरु गर्ने तयारी रहेको वडाअध्यक्ष तामाङले बताउनुभयो । हरेक परिवारको ५ जनाको […]