रामेछापमा पनि आँखा पाक्ने रोगको बिरामी देखिए

रामेछापमा पनि आँखा पाक्ने रोगको बिरामी देखिए

रामेछापमा पनि आँखा पाक्ने रोगको बिरामी देखिएका छन । एक हप्ताको अवद्यिमा जिल्ला अस्पताल रामेछापमा १२ जना आँखा पाक्ने रोगको बिरामी उपचारका लागी आएका हुन । रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीका अनुसार पछिल्लो हप्तादेखी जिल्लामा आँखा पाक्ने रोगका बिरामीहरु देखिन थालेका हुन ।

पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने गरेको छ । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । यो सरुवा रोग हो । सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न डाक्टरको सुझाव छ ।

आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन । डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जचाएर मात्र औषधि प्रयोग गर्न नेत्र रोग विशेषज्ञहरुको आग्रह छ ।आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन डाक्टरको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार