गौरीशङ्कर मावि रामेछापमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै

गौरीशङ्कर मावि रामेछापमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै

पछिल्लो समय धेरै विद्यालयमा पढ्दै कमाउँदैसँगै विद्यालयमा नर्स कार्यक्रम सबैभन्दा प्रभावकारी देखिएको छ । कतिपय विद्यालयमा प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेका छन् भने केहि विद्यालयमा स्थानीय सरकारले यस्तो कार्यक्रम चलाएका छन् । रामेछापको गौरीशङ्कर माविमा पनि विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएको छ ।

विद्यालयमा नर्स कार्यक्रम अन्तर्गत विद्यालयमै विरामी भए उपचार, पोषणको जानकारी र परामर्श अनि पालैपालो स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । यसले गर्दा विद्यालयमा विद्यार्थीको उपस्थिती पनि नियमित भएको छ । विद्यालयमा नर्स नियमित आउने भए पछि प्राथमिक उपचारमा पनि सजिलो भएको छ ।

त्यस्तै छात्राहरूलाई महिनावारीको समयमा पनि सजिलो भएको विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले बताउनुभयो । विद्यालयमा स्वास्थ्यकर्मीबाट आपतकालिन उपचार र नियमित जाँच मात्र नभइ पोषण, खानपान र स्वास्थ्य सम्बन्धि परामर्श समेतको जानकारी पाउने भएपछि थप फाइदा भएको छ ।

यसले विद्यार्थीको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नु र विद्यालय आउने क्रम नियमित हुनु खुशीको कुरा भएको विद्यालयका प्रधानाध्यापक कार्कीले बताउनुभयो । विद्यार्थी मात्रै नभएर अभिभावकहरु पनि विद्यालय आउँदा नर्सलाई भेटेर स्वास्थ्य परीक्षण तथा परामर्श लिने गरेको उहाँको भनाई छ । यो कार्यक्रमलाई अन्य विद्यालयमा पनि विस्तार गर्नुपर्ने प्रअ कार्कीले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण र परामर्शका केहि तस्विरहरु : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार