सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गर्दै

सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गर्दै

सिन्धुलीको सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गरिरहेको छ । यहि २०८० असार १ गतेदेखी पालिका भित्रमा सबै जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।

सुनकोशी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर निशुल्क उपचार सेवा संचालन भैरहेको प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो । गाउँपालिकाको ७ वटै वडाका जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकलाई आत्मीय सामुदायिक अस्पतालमा गएर सेवा लिन प्रशासकीय अधिकृत दर्जीले आग्रह गर्नुभयो ।

ईमरजेन्सी तथा ओपिडी,ल्याब,एक्सरे,भिडियो एक्सरे,ईसिजी,वेड चार्ज,स्ल्याब,कास्ट,माइनर,सर्जिकल,अक्सिजन,नेबुलाइजेसन,प्रोसेडयोर लगायतका विभिन्न सेवाहरु लिँदा नागरीकले पैसा तिर्न नपर्ने स्वास्थ्य संयोजक ओम प्रकाश झा ले बताउनुभयो । औषधी र आँखा उपचार सेवा लिँदा लाग्ने खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।

यी सबै सेवा लिन अस्पताल जाँदा जेष्ठ नागरीकको हकमा जेष्ठ नागरीक प्रमाणपत्र,अपाङ्गको हकमा अपाङ्गता प्रमाणित प्रमाणपत्र र आर्थिक हिसाबले अशक्त तथा विपन्न नागरीकको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र लिएर जान पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार