जिल्ला अस्पताल रामेछापले पायो न्युनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक

जिल्ला अस्पताल रामेछापले पायो न्युनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछापले ८७ प्रतिशत अंक पाएको छ । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड (minimum service standard ) मा ८७ प्रतिशत अंक पाएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ८७ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो ।

एक वर्ष अघिको मापन अनुसार ५७ प्रतिशत,६ महिना अघिको मापन अनुसार ८४ प्रतिशत र अहिले बढेर ८७ प्रतिशत भएको हो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्दछ । हरेक ६/६ महिनामा अस्पतालहरुको अनुगमन र मुल्याङ्कन हुँदै आएको छ ।

अनुगमनको क्रममा अस्पतालको भवन, फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन, बिरामी उपचार लगायतका सूचकमा अस्पतालले राम्रो अंक पाएको अनुगमन टोलीका संयोजक एवं टोखा अस्पताल काठमाण्डौँका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नविन दर्नालले बताउनुभयो ।

जिल्ला अस्पतालले गरेका कामहरुको बारेमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी गराउनुभएको थियो । उहाँले न्युनतम सेवा मापदण्डमा अझ सुधार गर्दै जाने बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले नगरपालिका क्षेत्र भित्र रहेको जिल्ला अस्पताललाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले अस्पतालको विकासका लागी आफु सकृय भएर लागि परेको बताउनुभयो । अस्पतालमा अझै विभिन्न सेवा तथा सुविधाहरु थप गर्नका लागी मन्त्रालयमा पहल भैरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार