आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ परेका छन । जबर्जस्ती करणीका फरार आरोपी रामेछापको लिखुतामाकोसि गाउँपालिका ५ का ६९ वर्षिय सुकमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई आफ्नै बुहारी माथि मिति २०८० बैशाख ८ गते र असार २८ गते जबर्जस्ती गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ जबर्जस्ती करणी पछि फरार भएका थिए ।

उनको खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार मन्थलीमा फेला पारि पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो । पक्राउ परेका आरोपी तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राखि थप अनुसन्धान भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार