रामेछापमा छात्रालाई यौन दुव्र्यवहार गरी शिक्षक फरार,खोजीकार्य जारी

रामेछापमा छात्रालाई यौन दुव्र्यवहार गरी शिक्षक फरार,खोजीकार्य जारी

रामेछापमा शिक्षकले विद्यार्थी छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका छन् । लिखुतामाकोशी गाउँपालिका–७ स्थित नवदर्शन मावि तिल्पुङका शिक्षक मानबहादुर सार्की कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका हुन् ।

ती शिक्षकले एक छात्रालाई प्रश्नपत्र दिने भन्दै संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पिडितले उजुरी गरेका छन् । आइटी शिक्षक सार्की विरुद्ध उनले शनिबार उजुरी दर्ता गराएकी हुन् । हाल सम्पर्क बिहिन रहेका ती शिक्षकको खोजीकार्य भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

शिक्षकलाई बाल यौैंन दुब्यवहारको कसुरमा जाहेरी दर्ता भएको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलिले जानकारी दिनुभयो । उहाँका अनुसार पिडक शिक्षक भने फरार रहेको र उनको खोजि भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार