सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गर्दै
सिन्धुलीको सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गरिरहेको छ । यहि २०८० असार १ गतेदेखी पालिका भित्रमा सबै जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर निशुल्क उपचार सेवा संचालन भैरहेको प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो । […]