रामेछापमा भएको सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाए

रामेछापमा भएको सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाए

रामेछापमा सोमबार एकैदिन भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुइ जनाले ज्यान गुमाएका छन भने दुइ जना घाइते भएका छन । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना भएको हो ।

बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटना हुँदा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ बर्षिय पवित्र बस्नेतको घट्नास्थमै ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका सहचालक दोलखा जिल्ला तामाकोसी गाँउपालिका वडा नं ६ का अन्दाजी २१ वर्षका मनोज फुयाँलको मन्थली नगर अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

भटौलीबाट मन्थली तर्फ वालुवा लिएर जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडक बाट करिब ५० मिटर तल तामाकोसी नदि किनारमा खसेको छ ।

यस्तै जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाईकलका चालक रामेछापको मन्थली नगरपालिका –२ कठजोर बस्ने बर्ष २६ को अशोक नेपालीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो १ बजेको समयमा रामेछापबाट काठमाण्डौ जादै गरेको मोटरसाईकल भिरपानी चारघरे चोक नजिकै आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेका चालक नेपालीको टाउकोमा गहिरो चोट लागेको थियो ।

मोटरसाईकलमा पछाडी सवार दोलखा जिल्लाको मेलुंङ गाउँपालिका २ घ्याङ बस्ने सन्जित दर्जीको अवस्था भने सामान्य रहेको रामेछापका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक प्रदीप कुमार सिंहले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार