रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ अधिकारी डाँडाकी ६५ वर्षीया काली अधिकारीको सोमबार भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार वडा कार्यालयबाट युरिया मल बोकी घर फर्किने क्रममा उनको धोरेढुंगो भिरबाट लडेर ज्यान गएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार