उद्घोषण गर्न सक्ने भए रामेछाप सुकाजोरका महिला

उद्घोषण गर्न सक्ने भए रामेछाप सुकाजोरका महिला

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम संचालन गरेपछि यहाँका महिलाहरु उद्घोषण गर्न सक्ने भएका छ्न । यहि चैत्र २७ गतेदेखि मंगलबार(आज)सम्म चलेको तालिममा सहभागी भएपछि आफुहरुको क्षमता विकास भएको सकृय सुकाजोर महिला संजालकी अध्यक्ष राशी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,´७ दिनको तालिम लिएपछि म सहित वडाका २५ जना महिला दिदिबहिनीहरु कार्यक्रम संचालन गर्न सक्ने भयौं ।`

तालीम समापन कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले नगरका महिलाहरुलाइ आत्मनिर्भर बन्न कुनै तालिमको आवश्यकता परे नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै उहाँले सीप सिकेर पनि व्यवसाय संचालन गर्न नसक्नु भएका कोहि महिला दिदिबहिनी भए नगरले व्यवसाय संचालन गर्न सहयोग गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले सिकेको सीपलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । आगामी दिनहरुमा यहाँका महिला दिदिबहिनीहरुलाइ थप सहयोग चाहिए आफुहरु सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । महिला संजालको लागि छुट्टै भवन समेत बनिसकेको भन्दै उहाँले अब छिट्टै सो भवनबाट महिला संजालको कार्यालय संचालनमा ल्याउने पनि बताउनुभयो ।

७ दिनसम्म संचालन भएको तालिममा वडाका २५ जना महिलाहरु सहभागी थिए । तालिममा प्रशिक्षक युवराज श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । उहाँले तालिममा मंञ्चिय उद्घोषण, भाषण कला, नेतृत्व र व्यक्तित्व विकास सम्बन्धि विभिन्न कुराहरु सिकाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार