जनआकाश युवा पत्रकारिता पुरस्कारबाट पत्रकार महतारा सम्मानित

जनआकाश युवा पत्रकारीता पुरस्कार रामेछापका युवा पत्रकार राजन महतारालाई प्रदान गरिएको छ । मंगलबार आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौमा भएको जनआकाश साप्ताहिकको १५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवा पत्रकार महतारा सम्मानित हुनुभएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले युवा पत्रकार महतारालाइ सम्मान पत्र प्रदान गर्नुभयो । हजुरको रेडियो […]

रामेछाप बजारमा कुकुर आतङ्क,छाडा कुकुरले पालेवनमा खसी,बाख्रालाई टोक्यो

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार क्षेत्रमा कुकुर आतङ्क बढेको छ । बजारमा रहेका छाडा कुकुरको हुलले मानिसलाई झम्टने र टोक्ने गरेको छ । आज सोमबार बिहान रामेछाप बजारबाट गएको छाडा कुकुरको हुलले बजार नजिकै रहेको पालेवन टोलका ७ घरमा पालिएको खसी,बाख्रालाई टोकेको पालेवनका स्थानिय तुलसा कार्कीले बताउनुभयो । १०÷११ वटा कुकुरको हुल पालेवन टोलमा प्रवेश […]

दोहोरो नागरिकता सिफारिस गर्ने रामेछाप प्रितीका वडाध्यक्ष सुनुवार पक्राउ

एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार सुनुवारलाई अदालतको आदेशानुसार अनुसन्धानको सिलसिलामा आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सुनुवारले रामेछाप प्रीतिकी निर्मला बस्नेतले जन्ममिति समेत परिवर्तन गरी […]

रामेछाप भटौलीमा करेन्ट लागेर माझीको मृत्यु

जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको हो । प्राधिकरणले टाँगेको तार लत्रिएको हुँदा जंगलमा हिँड्दै गरेका माझी त्यसैमा अल्झिन पुगेका थिए । नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति […]

हजुरको रेडियोमा कार्यरत ३ जना पत्रकार सम्मानित

रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्ष प्रवेशको अवसरमा रेडियोमा कार्यरत ३ जना पत्रकार सम्मानित भएका छन । रेडियोमा लामो समयदेखी कार्यरत समाचार प्रमुख तथा कार्यक्रम उत्पादक राजन महतारा क्षेत्री,बजार व्यवस्थापक निरु थापा र लेखा व्यवस्थापक रिता मगर सम्मानित भएका हुन । रेडियोमा आयोजित एक कार्यक्रममा मयुर यातायातका प्रमुख कार्यकारी […]

हजुरको रेडियो १४ औँ वर्ष प्रवेशको अवसरमा विरामीलाई फलफुल वितरण

हजुरको रेडियो १४ औँ वर्ष प्रवेशको अवसरमा विरामीलाई फलफुल वितरण रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्ष प्रवेशको अवसरमा आज जिल्ला अस्पताल रामेछापमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की सहित हजुरको रेडियोको टिम नै अस्पतालमा पुगेर फलफुल वितरण गरेको हो । […]

हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्षमा प्रवेश

रामेछाप जिल्लाको पहिलो समुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज १३ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । “ हजुरको आवाज हजुरको साथ ” भन्ने नारालाई मुल मन्त्र बनाएर २०६६ साल श्रावण २९ गतेदखि नियमित रुपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सुचना, समाचार र कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको छ । रामेछाप जिल्लाको […]

रामेछापका सोहन सुवेदीले आफ्नो जन्मदिनमा खुवाए दुःखी गरीबलाई खाना

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौमा माता बेद कुमारी सुवेदी र पिता उद्दब प्रसाद सुवेदीको कोखबाट तेश्रो सन्तानको रुपमा २०५३ साल श्रावण २७ गते जन्मिएका सोहन सुवेदीले उनको जन्मोत्सको अवसरमा रक्षा बन्धन तथा जनै पूर्णिमाको दिन हिजो २७ गते सडक मानबहरुलाई रातको एक छाक तातो खाना र पानी खुवाएका छन् । शारीरिक तथा […]

हिलेपानीमा महतारा क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण

जनैपूर्णिका अवसरमा रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीमा आज सेती देवीको मन्दिर उद्धघाटन गरिएको छ । हिलेपानीमा रहेका महतारा क्षेत्री र रोकाया क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण सम्पन्न गरि आज रुद्रि पुजा लगाएर उद्धघाटन गरिएको हो । रामेछाप नगरपालिका वडा नं ७ वडा कार्यालयको एक लाख आर्थिक सहयोग र स्थानियको जनश्रमदानमा निर्माण भएको उक्त […]

जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा दुई करोड ४० लाख राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय रामेछापले दुई करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव ०७८÷०७ को साउनदेखि असार मसान्तसम्म बाह्र महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्म मात्रै […]