पुर्व डिआइजीपी रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्ने […]

छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् । १४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी […]

निगमले आउँदो हप्ता देखि उद्धार उडान गर्ने

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुलाई ३१ अर्थात अबको पाँच दिन पछि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । छिट्टै उद्धार उडानको तालिका बनाइने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । यसैबीच निगमको जुलाई २७ तारिखका […]

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना सङक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको जम्मा संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारी गराउने क्रममा जनाएको हो । पछिल्लो २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो […]

आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

देशभरमा आज सामन्यतया बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा हुने भएको हो । विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा […]

नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्कियो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्किएको छ । शीर्ष तहका नेताहरू नै सार्वजनिक रुपमा आरोपप्रत्यारोप उत्रिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नोपालले प्रधानमन्त्री लक्षित गरी सार्वजनिक रूपमा नै आरोप लगाउनु थाल्नुभएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन् […]

नुवाकोटमा घरले पुरिदा एक जनाको मृत्यु, पहिरोले ६ घर वगायो

नुवाकोटको पुर्वी भेग वेलकोटगढीमा अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै पहिरो जांदा दुइपीपलमा वस्ती नै वगाएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे पिर्यनडांडामा आज घर लडेर पुरिदा घरधनी ६८ वर्षिय अक्कलवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले […]

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

कोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ बर्षका महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ ।सरकारकोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ […]

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]

नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

वैशाख यता तीन महिनाको अवधिमा नेपालमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ […]