नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, देशभर थपिए ३३८ संक्रमित

कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी […]

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो,आज थपिए तीन सय ८० जना संक्रमित

पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना सङक्रमण देखिएको छ । मन्त्रालयले आज नियमित जानकारी दिने क्रममा २४ घन्टामा गरिएको आठ हजार पाँच सय १५ पीसीआर परीक्षणमा तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । […]

भक्तपुरको साँगा नाका खुकुलो हुँदा काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्यो

भक्तपुरको साँगा नाकाबाट उपत्यका भित्रिनेको संख्यामा बृद्धि भएसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण पनि बृद्धि भएको छ । बन्दाबन्दी खुलेसँगै पूर्वबाट साँगा नाका हुँदै उपत्यका प्रबेश गर्नेको संख्या बढेसँगै दिनानु दिन कोरोना सङ्क्रमितको संख्या पनि थपिने क्रममा छ । उपत्यका प्रवेशको पूर्वी नाका साँगामा तीन हजार भन्दा बढिको स्वाब संकलन पछि गरिएको परीक्षणको रिर्पोटलाई आधार मान्दा […]

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा पर्सिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय […]

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न सरकारको अनुरोध

नाबेले कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै […]

आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

आजदेखि काठमाडौँसहित कोरोना सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै भएको जिल्लामा सञ्चालन हुने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । सक्रिय सक्रमितको सङ्ख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन् । जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा […]

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका थप तीन जनाको मृत्यु

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर घरमा नै क्वारेन्टाइनमा बसेका एक जना र नीजि अस्पतालमा उपचार गराउँदै आएका अन्य दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षका पुरुषमा हिजो एक्कासी ज्वरो आएको र श्वास फेर्न समस्या भएपछि […]

काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाई

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको छ । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । […]

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका दुई जनाको आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी […]

कोरोना सङ्क्रमण रोक्न प्रदेश दुईमा स्वास्थ्य पूर्वाधारको अभाव

प्रदेश नम्बर २ मा मात्रै कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ हजार ४५ पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । पर्सा, सप्तरी, रौतहट लगायत केही जिल्लामा कोरोना समुदाय स्तरमा नै फैलियो कि भन्ने चिन्ता छ । तर कोरोना रोकथामका लागि प्रदेश २ मा स्वास्थ्य सम्बन्धी पूर्वाधारको व्यवस्था भने पर्याप्त हुन सकेको […]