पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई जिसस रामेछापद्वारा सम्मान

पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई जिसस रामेछापद्वारा सम्मान

जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गरेको छ । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रेम बं खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो ।

जिसस प्रमुख खड्काले राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुमा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिसस रामेछापले जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभा सदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । साथै सोहि अवसरमा जिसस रामेछापको आयोजनामा २०७७ चैत्र २७ गते पाचौँ जिल्ला सभामा भएका मुख्य मुख्य निर्णयहरु पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार