विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङ प्रथम

विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङ प्रथम

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुनुभएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ४ का कवयित्री तामाङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल हुनुभयो । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा (अनेसास) केन्द्रीय महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

संसारभरिबाट कवयित्रीहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा महिला जिवनमा आधारित विषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगीहरू मध्येबाट रामेछापकी चेली तामाङ प्रथम हुन सफल हुनुभयो । उहाँ हाल अमेरिकामा हुनुहुन्छ । उक्त प्रतियोगितामा प्रथम हुँदै कवयित्री तामाङले ५०० डलर प्राप्त गर्नुभयो । प्रतियोगितामा द्धितिय हुँदै बिन्दा पराजुलीले ३०० डलर र तृतिय हुँदै विष्णुमाया विभुले २०० डलर प्राप्त गर्नुभयो ।

रामेछापकी चेलीले विश्व महिला खुल्ला कविता प्रतियोगितामा जित हात पार्दा रामेछाप जिल्लासँगै नेपालकै सान बढेको रामेछापका कवि नविन गाउँलेले बताउनुभयो । साहित्यको माध्यमबाट देश र जिल्लालाई चिनाउने काम गरेको भन्दै रामेछापकी चेली कवयित्री कल्पना तामाङलाई जिल्लावासीले हार्दिक बधाई तथा शुभकामनासँगै खुशि व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार