नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै […]

अतिआवश्यक सेवा बाहेक काठमाण्डौँ आवतवाजत बन्द

गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय साउन १५ देखि नै लागू हुने गरी साँझ […]

अब जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर कोरोना परीक्षणको दायरा बढाउने

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्णरुपमा बन्द गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । हिजो बसेको सीसीएमसी निर्देशक समिति बैठकले बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार सङ्क्रमण […]

कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण वीरगञ्जम थप दुई जनाको मृत्युु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । वीरगञ्जमा ३५ र ६५ वर्षका पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो करिब […]

नेकपाका दुई अध्यक्ष छलफलमा सक्रिय

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नै निवास खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गर्नुभएको छ । नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै छ । भोली बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गर्नुभएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । भोलि ११ बजेका लागि स्थायी कमिटीको बैठक तय […]

पछिल्लो २४ घन्टामा नेपालमा ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा तीन जनाको कोरोना सङ्क्रमणका मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाराको फेटा गाउँपालिका वडा नम्बर ३ का ६० वर्षका पुरुषको आज बिहान उपचारको […]

आजदेखि शुक्रबारसम्म मुलुकभर भारी वर्षा हुने

आजदेखि आगामी शुक्रबारसम्म देशभर ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने […]

काँग्रेसमा महाधिवेशन लक्षित दौडधुप तीव्र

पार्टीको १४औँ महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले कार्यतालिका परिमार्जन गरेसँगै नेपाली काँग्रेसमा चुनाव लक्षित गतिविधि तीव्र हुँदै गएको छ । नेताबीच भेटघाट र छलफल बाक्लिएका छन भने अनौपचारिक गुटगत भेला पनि हुन थालेका छन् । काँग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा नगरे पनि सभापति […]

पुर्व डिआइजीपी रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्ने […]

छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् । १४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी […]