२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका सार्वजनिक स्थल, विवाह,व्रतबन्ध,भोजभतेर,सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई रामेछाप प्रशासनले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी नहुन पनि आग्रह गरिएको हो । मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय पनि सरकारले गरेको थियो । यता जिल्लामा पनि सो कुरा लागु हुने रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताउनुभयो । दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हातधुने लगायतका कुराहरुमा सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार