नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन गरिएको हो ।

नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेले भित्तेपात्रो विमोचन गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले तरुण दलले स्थानिय तहमा बढ्दो भ्रष्टचार,व्यतिथी र अनियमिता जस्ता कुराहरुमा खबरदारी गर्नुपर्ने बताउनुभयो । नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले नगरका ९ वटै वडाहरुमा समिती गठन गरिसकेको छ । अब उक्त समितीलाई सशक्त बनाएर लैजाने नेपाल तरुण दल रामेछाप नगर कार्य समितीका अध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार