मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने बताउनुभएको थियो ।सभापति देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने बताउनुभएको थियो । जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा सङ्कट आउन सक्ने भन्दै बैठकमा जानकारी गराउनु भएको थियो । सभापति देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार