खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकबका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा परेको थियो । बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए ।घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार