धरहराको पुननिर्माण पछि आज उद्घाटन

धरहराको पुननिर्माण पछि आज उद्घाटन

२०७२ सालको भूकम्पले ढालेको धरहराको पुननिर्माण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । धरहराको पुननिर्माण संगै प्रधानमन्त्री ओलीले एक समारोहका बीच आज पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिला लेखको अनावरण गरि उद्घाटन गर्नुभयो । उद्घाटन पछि प्रधानमन्त्रीओलीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृष्टि गर्नुभएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागिप्रधानमन्त्रीओलीले २०७२ फागुन ४ गते मेरो धरहरा मै बनाउँछुअभियानको घोषणा गर्नुभएको थियो । २०७५ सालपुष ५ गते प्रधानमन्त्रीओलीबाट नै शिलान्यास गरिएको पुनर्निर्मित धरहराको प्रधानमन्त्रीओलीबाट नै समुद्घाटन भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमापुनर्निर्मित धरहराकालागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्कादिईएको थियो । ९० सालको महाभूकम्पले क्षति पु¥याएपछि ११ तले धरहरा ९ तलामासिमितभएको थियो । त्यसपछि ९ तलामा नै सिमित राखेर पुननिर्माण गरिएको थियो । तर अहिले भने २२ तलाको बनेको छ । धरहरामा २ वटा लिफ्ट राखिएको छ ।

जमिनमुनि २ तलाबनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैँचाको हुनेछ भने संक्षिप्त ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानीआउने व्यवस्थामिलाइएको छ । धरहराको फेदमानिर्माण हुनुपर्ने संरचनागतकामहरु भने अझै सकिएको छैन । धरहराको टावरको काम पूरा भएपनिबाहिरी संरचनाको काम सम्पन्नहुनअझै ९ महिनालाग्ने प्राधिकरण जनाएको छ ।

प्रधानमन्त्रीओलीले रानीपोखरीदेखि रंगशालासम्म फैलिएको बृहत् टुँडिखेल योजनापनिसार्वजनिकगर्नुभएको छ । कसरी रानीपोखरीदेखि रंगशालापहिलाजस्तै एकनासले जोडिन्छ भन्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणको गुरु योजनाप्रधानमन्त्रीले सार्वजनिकगर्नुभएको हो । बृहत् रानीपोखरी, त्रिचन्द्र कलेज, रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, धरहरा लोकतान्त्रिक रंगशाला क्षेत्रको एकीकृत गुरूयोजनासम्बन्धी वृत्तचित्र प्रस्तुतगरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार