सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन कहिले फिर्तालिने भन्ने अधिकार अध्यक्ष प्रचण्डलाइ दिने निर्णय गरेको हो । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले निर्णय लिन सक्ने गरी स्थायी कमिटीले अधिकार दिएको जानकारी दिनुभयो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पनि अहिलेसम्म निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार