रामेछापमा निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना
निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सिमानामा पर्ने कुकुर काटे भन्ज्याङ भन्ने ठाउँमा आज दिउँसो सुमो दुर्घटना भएको हो । रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडाबाट यात्रु बोकेर लिखु तामाकोसी गाउँपालिका नागदह तर्फ जाँदै गरेको ना १ ज ३५१५ नं को सुमो दुर्घटना भएको हो । […]

