यस पटक मलको अभाव नहुने सरकारको दाबी

यस पटक मलको अभाव नहुने सरकारको दाबी

सरकारले यस पटक धानका लागि चाहिने मलको अभाव नहुने बताएको छ । धानका लागि चाहिने डिएपी र युरीया मल पुग्ने गरी बितरण गरिने मल बिक्री वितरण गर्दै आएको कृषि साम्रगी कम्पनी लिमिटेडले जनाएको छ । अहिले देशभरका ४६ सय सहकारी संघ संस्थाबाट मल वितरण भइरहेको कृषि साम्रगी कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

अहिले दैनिक झण्डै २५ सय मेट्रिकटनको हाराहारीमा मल विक्रि भइरहेको छ । धान रोप्ने बेला चाहिने डिएपी मल ४६ हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङसँग रहेको हुनाले यसको अभाव नहुने प्रवक्ता पोखरेलको दाबी छ ।

त्यस्तै युरीया मल अहिले सरकार संग ३२ हजार मेट्रिक टन रहेको र ५५ हजार मेट्रिक टन चिन र बंगलादेश बाट आउने क्रममा रहेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो धान खेतिका लागि मात्र डिएपी,युरीया र पोटास गरी १ लाख ६४ हजार मेट्रिकटन आवश्यक पर्ने कृषि साम्रगी कम्पनी लिमिटेडको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार