खाली सिलिन्डरहरु उद्योगसम्म पु¥याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह

खाली सिलिन्डरहरु उद्योगसम्म पु¥याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पु¥याइदिन आग्रह गरेको छ ।

विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमा समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पु¥याइदिन आग्रह गरेको हो ।

ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठेरो पर्न जाने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहनामा लैजानु भएका अक्सिजन सिलिन्डरहरु यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो, सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभएको छ ।

कोरोना सङ्क्रमित बिरामीका लागि अक्सिजन अत्यावश्यक हुने भन्दै खाली भएको सिलिन्डर उद्योगमा ल्याइदिन सरकारले आग्रह गरेको हो । मन्त्रालयले अस्पतालमा अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार