नेपालमा यस वर्ष औसत भन्दा बढी पानी पर्ने

नेपालमा यस वर्ष औसत भन्दा बढी पानी पर्ने

नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेभएको छ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक छ । मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर पानी भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयोजनमा समिति रहने र त्यसले काम गर्ने गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष बाढी र पहिरो जाने गर्छ । त्यसको लागि पूर्व तयारी रहने गर्छ र अहिले कोभिडको समस्या पनि पुरानो भइसकेकोले आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार