शैक्षिक सत्र सञ्चालनमा विद्यालयमा अन्यौलता

शैक्षिक सत्र सञ्चालनमा विद्यालयमा अन्यौलता

सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ । जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको हो ।

६६ वटा सामुदायीक र ५ वटा संस्थागत विद्यालय रहेको रामेछापको मन्थली नगरपालिकाले जेठ ३० गते एकै दिन सवै विद्यालयलाई नतिजा प्रकाशन गर्न भनेको छ । असार २ गतेवाट भौतीक दुरी कायम गरि विद्यालय भर्ना अभियान सञ्चालन गरिने पालीकाका शिक्षा शाखाका प्रमुख शौभाग्य न्यौपानेले बताउनुभयो ।

शिक्षा मन्त्रालयले भने वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउन निर्देशन दिइसकेको छ । त्यसका लागि एक साता भित्रै नयाँ पाठ्य पुस्तक विद्यालय सम्म पु¥याउने तयारी भएको शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्मा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार