सरकारले असारदेखि जारी लकडाउनलाई ‘लुजडाउन’ लागू गर्ने

सरकारले असारदेखि जारी लकडाउनलाई ‘लुजडाउन’ लागू गर्ने

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।

गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिनुभयो ।

यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना रहेको उनले बताए । सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार