२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त

देशभरका विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ । धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको मन्त्रालयका शाखा अधिकृत […]

रामेछापका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका ३४ र जिल्ला अस्पतालबाट २ जना गरी ३६ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण […]

रामेछाप नगरपालिकामा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु(फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । बुधबार साँझ नगरपालिकाको कार्यालयमा दीपप्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको बताउनुभयो । “लैंगिक हिंसा अन्त्यको प्रतिवद्वताः व्यक्ति समाज र सबैको ऐक्यवद्वता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्वको […]

रामेछापमा १८७ जना सङ्क्रमितले जिते कोरोना, ३ जना आईसोलेसनमा

रामेछापका १८७ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । आज मन्थली नगरपालिका घर भएका ३ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १९० […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी 

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा […]

देशमा कोभिड–१९ को सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख बढी

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ […]

रामेछापका ८ वटै स्थानीय तहमा पठनपाठनको तयारी

सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएसँगै रामेछापका स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन । कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खोल्न सकिने भनेर सरकारले यसअघि विद्यालय सञ्चालन कार्यढाँचा सबै स्थानीय तहमा पठाइसकेको छ । रामेछाप जिल्लाका २ नगरपालिका तथा ६ गाउँपालिकामध्ये २ स्थानीय तहले […]

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा

कक्षा १२ को भोलि देखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण वैशाखमा हुने भनिएको परीक्षा भोली देखि हुन लागेको हो । राष्ट्रिय परीक्षाका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षाको तयारी सकिएको र ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने बताउनुभयो । […]

भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उहाँले सरकार मुलुकको समृद्धिका लागि […]

नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । […]