रामेछाप बजारमा भिडभाड गर्न निषेध,साप्ताहिक हाट बजार पनि स्थगित

रामेछाप बजारमा भिडभाड गर्न निषेध,साप्ताहिक हाट बजार पनि स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको हाट स्थगित भएको छ । कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै रामेछाप नगरपालिकाले संक्रमण नफैलियोस भन्नको लागीे रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट र साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट स्थगित गरेको छ ।

नगरपालिकाको विपद व्यवस्थापन समितीको निर्णय अनुसार अर्को सुचना जारी नभसम्मको लागी हाट बन्द गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख नारायण स्ुवेदीले बताउनुभयो ।विवाह,ब्रतबन्ध,पुजाआजा,सेमिनार तथा बैठकहरुमा धेरै जना भेला नहुन पनि नगरपालिकाले नागरीकहरुलाई आग्रह गरेको छ ।

नागरिकलाई सामाजिक दुरी, मास्क र स्यानिटाइजरको राम्रोसँग प्रयोग गर्न नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आग्रह गर्नुभयो । भिडभाड नगर्न,भिडभाडमा नजान र अत्यावश्यक कामपरि घर बाहिर ननिस्कन नगर प्रमुख थापा मगरले नागरीकहरुलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार