रामेछापमा आज २३ जना कोरोना संक्रमित थपिए

रामेछापमा आज २३ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज २३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ७ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा ७ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

यो सँगै जिल्लामा २७ सय ४४ जना कोरोना संक्रमित भएका छन । आज जिल्लामा ९ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्तालबाट ४ जना र मन्थली नगरपालिकाबाट ५ जनाले कोरोना जितेका हुन । यो सँगै जिल्लामा २४ सय ७३ जना कोरोना संक्रमणपछि निको भएका छन ।

जिल्लामा अहिले २४९ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार