रामेछापमा आज ३३ जना कोरोना संक्रमित थपिए,२६ जना निको

रामेछापमा आज ३३ जना कोरोना संक्रमित थपिए,२६ जना निको

रामेछाप जिल्लामा आज ३३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ४ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना,तामाकोशी अस्पताल मन्थलीमा ६ जना,खाँडादेवी गाउँपालिकामा १० जना,गोकुलगंगा गाउँपालिकामा ४,जना,उमाकुण्ड गाउँपालिकामा १ जना,दोरम्बा गाउपालिकामा १ जना,लिखु तामाकोशी गाउँपालिकामा २ जना र सुनापती गाउँपालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

यो सँगै जिल्लामा २७ सय ७७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्लामा २६ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट १७ जना,रामेछाप नगरपालिकाबाट ७ जना र सुनापती गाउँपालिकाबाट २ जनाले कोरोना जितेका हुन । यो सँगै जिल्लामा २४ सय ९९ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले २५६ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार