अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान

अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान गर्नुभएको छ । पुर्ण रुपमा अपाङ्गता भएका वडा नं ७ पात्लेका लोकेन्द्र सुन्ुवारका छोरा वर्ष १४ का कमल सुनुवारलाई वडा अध्यक्ष कार्कीले घरमै पुगेर नगद ५ हजार रकम प्रदान गर्नुभयो ।

जन्मजात अपाङ्ग रहेका बालकलाई खुवाउने,सुताउने,उठाउने सबै काम परिवारले गर्दै आएको छ । आर्थिक अवस्था कमजोर रहेका सुनुवार परिवारले छोराको उपचार भएदेखी आफुहरुलाई निकै सहज हुने बताएका छन । वडा अध्यक्ष कार्कीले बालकको स्वास्थ्य अवस्थामा सुधार होस भन्ने उद्धेश्यले अपाङ्गता पुनस्थापना केन्द्रमा बालकलाई पठाउनको लागी समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार