रामेछापमा आज १० जना कोरोना संक्रमित थपिए, आज १७ जना निको

रामेछापमा आज १० जना कोरोना संक्रमित थपिए, आज १७ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ६ जना,गोकुलगंगा गाउँपालिकामा २ जना,सुनापती गाउँपालिकामा १ जना र लिखु तामाकोशी गाउापालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

आज जिल्लामा १७ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्तालबाट २ जना,रामेछाप नगरपालिकाबाट ८ जना,दोरम्बा गाउपालिकाबाट ६ जना र उमाकुण्ड गाउँपालिकाबाट १ जनाले कोरोना जितेका हुन । यो सँगै जिल्लामा २४ सय ६४ जना कोरोना संक्रमणपछि निको भएका छन ।

जिल्लामा अहिले २३५ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार