नगरपालिकाले जारी गरेको सुचनाको उलंघन,राष्ट्रिय वाणिज्य बैँकमा सेवाग्राहिको भिड

नगरपालिकाले जारी गरेको सुचनाको उलंघन,राष्ट्रिय वाणिज्य बैँकमा सेवाग्राहिको भिड

रामेछाप नगरपालिकाले कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागीे भिडभाड गर्न निषेध गरेको छ । तर रामेछाप नगरपालिकाको कार्यालय नजिकै रहेको राष्ट्रिय वाणिज्य बैँक रामेछाप शाखामा भने सेवाग्राहिको भिड देखिन्छ ।

हरेक दिन सेवाग्राहिहरु बैँक खुल्नुअघिदेखी नै लाईन लागेर पालो कुरेर बसेका हुन्छन । बैँकमा लाईन लागेर पालो कुरेर बसेका सेवाग्राहिहरुले समाजिक दुरी पालना गरेको देखिँदैन । बैँकमा काम परेर आउनेहरु मध्ये कतिपयले त माक्स समेत लगाएका हुँदैनन् । बैँकमा स्यानिटाईजर र हात धुन साबुन पानी समेत राखेको देखिँदैन ।

यसैले गर्दा केही हप्ताअघि बैँकका सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो र केहि दिन बैँक समेत बन्द भयो । बैँकका प्रबन्धक ईन्द्र दुलालका अनुसार अहिले केहि दिनदेखि बैँकमा अन्तिम पटक लाभग्राहि सुचिमा परेका भुम्कप प्रभावितहरुले किस्ता लिनेहरुको भिड लागेको छ ।

बैँकमा अन्य सेवाग्राहिहरुको उपस्थिती न्युन भएपनि भुकम्प प्रभावित किस्ता लिनेहरुको भिडले कोरोना संक्रमणको जोखिम बढेको बताउनुभयो । यता रामेछाप नगरपालिकाले भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भन्दै रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट र साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट समेत स्थगित गरेको छ ।

नगरपालिकाले अत्यावश्यक भन्दा बाहेका सम्पुर्ण सेवाहरु बन्द गरेको भनिँहँदा बैँकमा देखिएको सेवाग्राहीहरुको भिडले नगरपालिकाले जारी गरेको सुचनाको उलंघन भएको छ । यस तर्फ नगरपालिकाको ध्यान जानु जुरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार