चोरीको मोटरसाइकल सहित रामेछापका एक जना पक्राउ

चोरीको मोटरसाइकल सहित रामेछापका एक जना पक्राउ

ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकल सहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एक जना रामेछापका रहेका छन । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकल सहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो ।

यसैगरी धनुषाको मिथिला नगरपालिकाका २१ वर्षीय विकल थापा पक्राउ परेका छन् । भक्तपुर सरस्वती खेलका बासुदेव खड्काको घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकल सहित उनीहरु पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धान एव कानूनी कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार