देशभरका १७ गाउँपालिकाले अझै बजेट ल्याउन सकेनन्

देशभरका १७ गाउँपालिकाले अझै बजेट ल्याउन सकेनन्

देशभर रहेका ४ सय ६० गाउँपालिकामध्ये १७ वटा गाउँपालिकाले अझै चालु आर्थिक वर्षका लागि बजेट पारित गर्न नसकेको पाइएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ७ प्रदेशमध्ये ३ प्रदेशका १७ वटा गाउँपालिकाहरुले चालु आर्थिक वर्षका लागि निती तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन ।

महासंघका कार्यकारि निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले सबैभन्दा बढी प्रदेश नम्बर २ मा ११, बागमती प्रदेशका ५ प्रदेश नम्बर १ मा एक वटा गाउँपालिकाले हालसम्म पनि बजेट ल्याउन नसकेको  बताउनुभयो ।

असार १० मा सार्वजनिक गर्नुपर्ने बजेट हालसम्म पनि सार्वजनिक गर्न नसक्दा कार्य सञ्चालनमा समस्या हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार