रामेछापका ७ स्थानीय तहको बेरुजु सवा १८ करोड, सबैभन्दा कम रामेछाप नगरपालिकाको

रामेछापका ७ स्थानीय तहको बेरुजु सवा १८ करोड, सबैभन्दा कम रामेछाप नगरपालिकाको

रामेछापका ७ स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख ९७ हजार देखिएको छ । महालेखापरीक्षकको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण गर्दै रामेछापका २ नगरपालिका र ५ गाउँपालिकाको बेरुजु सार्वजनिक गरेको हो ।

महालेखाको ५८औँ लेखापरीक्षण प्रतिवेदन अनुसार रामेछापका ७ स्थानीय तहको कुल ९ अर्ब १७ करोड ७३ लाख ३२ हजारको लेखापरीक्षण गर्दा १८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

कुन गाउँपालिकाको कति ?

खाँडादेवी गाउँपालिकाको १ अर्ब ३१ करोड ६२ लाख ३६ हजारको लेखापरीक्षणमा ५ करोड ६७ लाख ४ हजार बेरुजु देखिएको छ । सुनापति गाउँपालिकाको ८३ करोड ४८ लाख ९६ हजारको लेखापरीक्षण गर्दा २ करोड ४७ लाख ९२ हजार बेरुजु देखिएको छ ।

त्यस्तै दोरम्बा गाउँपालिकाको ९३ करोड ८६ लाख ९६ हजार को लेखापरीक्षण गर्दा १ करोड ५४ लाख ८७ हजार बेरुजु देखिएको छ । गोकुलगंगा गाउँपालिकाको १ अर्ब १४ करोड ९२ लाख १८ हजारको लेखापरीक्षण गर्दा ९७ लाख ६२ हजार बेरुजु देखिएको छ ।

मन्थली नगरपालिकाको १ अर्ब ९५ करोड १४ लाख ७३ हजारको लेखापरीक्षण गरिँदा १ करोड ८९ लाख ६२ हजार बेरुजु देखिएको छ ।

रामेछाप नगरपालिकाको २ अर्ब २ करोड २६ लाख १४ हजारको लेखापरीक्षण हुँदा ६० लाख ४१ हजार बेरुजु देखिएको छ ।

लिखु तामाकोशी गाउँपालिकाको भने २ आर्थिक वर्षदेखि लेखापरीक्षण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार