वाग्मती प्रदेशमा तत्कालीन प्रदेश सरकारले ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको खुलासा

वाग्मती प्रदेशमा तत्कालीन प्रदेश सरकारले ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको खुलासा

वाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यविधि निर्माणको आधार ञनखुलाई १ अर्ब ६५ करोड ६७ लाख, संस्था तोकेर १ अर्ब ३७ करोड ४५ लाख र परामर्शदाताले नपाउने १२ लाख अनुदान गरी ३ अर्ब ३ करोड २४ लाख रुपैयाँ वितरण गरिएको हो ।

विशेषगरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहतका निकायबाट विभिन्न व्यक्ति तथा संस्थालाई १ अर्ब ६५ करोड ६७ लाख रुपैयाँ अनुदान ऐनविपरीत प्रदान गरिएको छ । बाँकी रकम विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयबाट वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार