गौतम एमालेमा नै रहेको स्पष्टिकरण

गौतम एमालेमा नै रहेको स्पष्टिकरण

नेकपा एमालेको एउटा पक्षले नयाँ पार्टी निर्माण गरेपछि पार्टी भित्रै रहने वा पार्टी छोड्ने भन्ने बारेमा नेताहरु छलफलमा व्यस्त रहेका छन् । एमालेका नेताहरुका बिषयमा बिभिन्न टीका टिप्पणी आइरहदा आफुले पार्टी नछोडेको बारेमा पनि कतिपय नेताहरुले स्पष्टिकरण दिन सुरु गरेका छन् ।

यसैबीच,नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताउनुभएको छ । गौतमको सचिवालयले नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा गौतमको नाम जोडेर मन्त्री बन्न लागेको र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन, गौतमका स्वकीय सचिव दीपक टमटाले भन्नुभएको छ । गौतम अहिले सम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक भएपनि पार्टी छोडेको कुरामा सत्यता नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार