भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्को पूर्वानुमान

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्को पूर्वानुमान

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेषगरी पहाडी भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । भोलि बेलुकीदेखि शनिबारसम्म नै झरीको सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम बढ्नेछ ।

हिजोदेखि नै मनसुनी वायुको प्रभाव बढ्दै गएकाले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेश,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो ।

मौसमविद् पौडेलका अनुसार आजभन्दा भोलि धेरै ठाउँमा पानी पर्नेछ । भोलि राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ ।

गण्डकी प्रदेशका एकदुई ठाउँमा भने निकै ठूलो पानी पर्ने सम्भावना छ । पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै उहाँले भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार