बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छ । पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर […]

नेपालमा कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै,२४ घण्टामा १३ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा ५ सय ५९ जना […]

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगितको उपाधि सिनिपु गुम्बा मगर सेवा समाजलाई

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आईतबार भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै अर्गानिक भिलेज नागीलाई हराएको हो । सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ गोल अन्तरले हराउँदै प्रवेश गरेको थियो भने नागीले लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश […]

नवनिर्वाचित पत्रकारहरुलाई रामेछाप नगरपालिकाद्वारा सम्मान

रामेछापको रामेछाप नगरपालिकाले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो । रामेछाप नगरपालिकाका प्रमुख नर बहाद्ुर थापा मगरले नगरपालिकाले गरेका राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा […]

नवनिर्वाचित पत्रकारहरुलाई हजुरको रेडियोमा सम्मान

रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज परिवारले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । रेडियोको कार्यालय रामेछाप डाँडामा जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभा सदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रेडियो परिवारले सम्मान गरेको हो […]

नवनिर्वाचित पत्रकारहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा सम्मान

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभासदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै बधाई समेत ब्यक्त गरेका छन । सशस्त्र पहरी […]

दोस्रो चौमासिकसम्म आईपुग्दा रामेछाप नगरपालिकाको वितिय प्रगति ४६.४२ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ४६.४२ प्रतिशत वितिय प्रगति हासिल गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकसम्म आईपुग्दा कुल बजेटको ५५.६५ प्रतिशत रकम खर्च गरेको हो । आ÷व २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कुल बजेट ६३ करोड ७४ लाख ७८ हजार २ सय ५६ विनियोजन भएकोमा देस्रो चौमासिक अवद्यिमा […]

रामेछाप बजारका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

चैत २७ गते, रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । बजार अनुगमनका क्रममा कानूनी प्रक्रिया पुरा नगरी विक्री गर्न […]

हजुरको रेडियोका ५ जनाले जिते चुनाव

बुधबार सम्पन्न नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जका ५ जना पत्रकार निर्वाचित भएका छन । प्रेस युनियर र प्रेस संगठनको संयुक्त गठबन्धन बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको उक्त निर्वाचनमा उपाध्यक्ष (महिला) मा हजुरको रेडियोमा कार्यरत लेखा संयोजक रिता कुमारी मगर,  महिला सदस्यमा रेडियोका बजार व्यवस्थापक निरु […]