जोन्सन एण्ड जोन्सनको कोरोना खोपको पहिलो मात्रा आजदेखी लगाइँदै

जोन्सन एण्ड जोन्सनको कोरोना खोपको पहिलो मात्रा आजदेखी लगाइँदै

नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोपलगाइँदै छ । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ । आजदेखि पर्सिसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्याया मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । आज बिहान १० बजेदेखि देशका विभिन्न स्थानमा खोप अभियान शुरु हुने सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार खोप अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नेपालअर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका खोप केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार