२४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये काठमाडौं जिल्लामा ३ सय २६, […]

कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरि ३ बिषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले […]

देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ सय ६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जनानिको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । देशभर कोराना […]

दोरम्बामा आगलागी हुँदा दुई घर जलेर नष्ट

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार बस्दै आएका घर जलेर नष्ट भएका हुन् । डिकबहादुरको घरमा आगो लागेको थाहा पाउना साथ दोरम्बास्थित नेपाली सेना, प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । आगलागीबाट मानवीय क्षति […]

नेपालमा आज ९ सय जनामा कोरोनाको सङ्क्रमण 

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन परीक्षणमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु […]

अध्यक्ष र वडा अध्यक्ष पौडेल दाजुभाइको घरमा आगलागी, ५० लाख भन्दा बढिको क्षति

ओखलढुंगाको लिखु गाउँपालिका ८ टारकेराबारीमा आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ । गाउँपालिका अध्यक्ष समेत रहनु भएका लिखु ८ का गोविन्द पौडेल र उहाँका भाई वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलको घरमा गयराति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गयराति […]

रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको […]

सरकारले एमसीसीसँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने

सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । संसद्को आगामी बैठकबट एमसीसी प्रक्रियालाई अगाडि बढाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो । संसद् सचिवालयमा पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री श्रेष्ठले एमसीसी प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभए अनुसार प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो […]

जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीसहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सुरु

घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा आजबाट सुरु भएको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिने नापी विभागले जनाएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ अनलाइन सेवाको उद्घाटन गर्नुभएको छ । सेवाग्राहीको बढी भिडभाड हुने काठमाडौंको डिल्लीबजार […]

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच सय […]